|

काठमाडौं : सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन्। ती अस्पतालहरूले बेड शुल्कबापत २ सय रुपैयाँँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ।

मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको देखिँदैन। संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ।

राजधानी दैनिकमा समाचार छ, सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालले सामान्य बेडमा दैनिक २५०, आईसीयूमा एक हजार ३ सयदेखि एक हजार ५०० रुपैयाँसम्म लिँदै आएको छ। यस्तै, शिक्षण अस्पतालमा सिंगल र डबल क्याबिनका लागि ७५० रुपैयाँ निर्धारण गरिएको छ।

मुलुककै पुरानो सरकारी अस्पताल वीर अस्पतालले आईसीयूमा दैनिक ३ हजार रुपैयाँ लिने गरेको छ। राष्ट्रिय ट्रमा सेन्टरले जनरल बेडका लागि २५० रुपैयाँ र आईसीयूमा तीन  हजार रुपैयाँ निर्धारण गरेको छ। यस्तै, सिभिल अस्पतालले सामान्य बेडका लागि २ सय रुपैयाँ लिने गरेको छ। आईसीयू चार्जस्वरूप २ हजार रुपैयाँ र क्याबिनका लागि (सिंगल) ८०० र (डबल) दुई हजार रुपैयाँ लिने गरेको छ।

चाबहिलस्थित ओम अस्पतालले सामान्य बेडका लागि १ हजार रुपैयाँ तोकेको छ। आईसीयूमा भर्ना भएका बिरामीले ८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्तै, २ हजारदेखि १० हजार रुपैयाँसम्म क्याबिन शुल्क तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.