प्रजिअ थापा भन्छन्- भारतले बाँध नखोलिदिँदा डुबान

|

रौतहट : अमानवीय तरिकाले भारत पक्षले एकतर्फी रुपमा दशजगामा लगाएको बाँधको कारण ‘बेटी रोटीको’ सम्बन्ध नै टुट्ने अवस्थामा पुगेको छ। जुन बाँधको

कारण रौतहटको सीमा क्षेत्रमा रहेका हजारौँ नेपालीकोहरु घरघरमा पानी पसेको छ। यो समाचार तयार पार्नुभन्दा केहीबेर अगाडि मात्रै सो बाँध फुटेको छ भने केही डुबानमा परेको गौरको पानी केही सतह घटेको छ।

बाँध फुटेर भारततर्फ बग्‍यो बाढी
भारतले सीमा क्षेत्रमा लगाएको बाँध बाढीले फुटाएको छ। अबैध रुपमा बाँधिएको बाँध फुटेर बाढीको पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको हो।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ। बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियालगायत ठाउँका पानी पसेको छ। बाँध फुटेको भएतापनि फेरी भारतीय पक्षले बाढी रोक्नको लागि पहल गरिरहेको स्थानीयले जानकारी दिएका छन्।

भारत पक्षले यसरी अमानवीय तरिकाले बाँधेका बाँधको कारण स्थानीयवासीले आक्रोश व्‍यक्त गरेका छन्। बेटी रोटीकै सम्बन्ध टुटेको उनीहरुको आक्रोश छ। स्थानीय विभिन्न समाजिक संजालमार्फत यस्ता निर्दयी छिमेकी संग सम्बन्ध नै टुटेको बताउँदै आएका छन्।

भारतले बाँध नखोलिदिँदा डुबान : प्रजिअ

भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन्। बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गर्दै आएका थिए। लाल बकैया र बागमतीको पानी सदरमुकाम गौर पसेपछि गौर पूर्णरूपमा डुवानमा परेको छ।

सीमा क्षेत्रमा भारतले सिमा क्षेत्रमा लगाएको डयामले पानीको निकास नभएका कारण गौर क्षेत्र पुरै डुबानमा परेको हो। भारतले दशगजा क्षेत्रमा लगाएको अबैध बाँधले सिमा क्षेत्रका बासिन्दाहरु अत्यधिक जोखिमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन।

गौरस्थित सम्पूर्ण सरकारी कार्यालयहरु पनि डुबानमा परेका छन। बाढीले १ तल्ला डुबाउन लागी सकेको र जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख कबिता कार्कीले जानकारी दिएकी छिन। ‘बाढीले करिब १ तल्ला डुबाइ सकेको छ हामी जोखिमा छौ’ कार्कीले बताइन्।

जिल्लाको बागमती नदी र बकैया नदीबाट बाँध फुटाएर पसेको बाढी भारतले बाँधेको बाँधमा जमेको छ। भारतले मनोमानी ढंगबाट सीमा नाकामा बाँध बनाएपछि पानी फेरि बस्ती तर्फ फर्किएको छ। भारतीय पक्षले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द भएको छ।

 पानीको निकास नहुँदा यहाँका जनता त्रसित देखिएका छन्। जसको कारण सीमा क्षेत्रमा रहेको सदरमुकाम गौर लगायतका गाउहरु डुबानमा परेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्।

धेरै गाउँ उच्च जोखिममा
यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका धेरै गाउँ उच्च जोखिममा छन। यस्तै  अर्को बागमती नदीको बाँध भत्कीएर गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.