पहिलो पटक फाइनलमा इङ्ल्याण्ड भर्सेस न्युजिल्याण्ड

|

यस पटकको आइसिसी विश्वकप क्रिकेटबाट नयाँ च्याम्पियन छनोट हुने भएको छ। विश्वकप क्रिकेटको जारी १२औं संस्करणले नयाँ विश्व च्याम्पियन छानिनेछ। किनकि फाइनलमा पुगेका इङ्ल्याण्ड र न्युजिल्याण्ड दुवै टिमले अहिलेसम्म यो उपाधि उचालेका छैनन्।

आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै छन्। फाइनल खेल लर्डसमा हुन लागेको हो। लर्डस मैदानमा हुन लागेको यो विश्वकपको पाचौं फाइनल खेल हो।

विश्वकपको फाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच पहिलोपटक उपाधि भिडन्त हुन लागेको हो। इङ्ल्याण्ड चौथोपटक फाइनलमा पुगेका हो। न्युजिल्याण्डको यो दोस्रो फाइनल प्रतिस्पर्धा हो। अहिलेसम्म विश्वकपको उपाधि नउचालेका टिमबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। 

लर्ड्समा न्युजिल्याण्डको अपराजित यात्रा

लर्ड्स मैदानमा यसअघि भएका विश्वकपका खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्न सकेको छैन। सन् १९८३ पछि पहिलोपटक इङ्ल्याण्डले जारी विश्वकपमा न्युजिल्याण्डलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो। यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ। त्यसमा दुईपटक नै न्युजिल्याण्ड विजयी भएको छ।

इङ्ल्याण्ड भर्सेस न्युजिल्याण्ड (अहिलेसम्मकाे विश्वकप भिडन्त)

इङ्ल्याण्ड भर्सेस न्युजिल्याण्ड (एकदिवसीय भिडन्त)

टिकटका लागि भड्किँदै फ्यान
यसअघिका विश्वकपको आकडाअनुसार भारतीय समर्थकले नै यसपटको विश्वकपको फाइनलका लागि अधिक टिकट खरिद गरेका थिए। जब सेमिफाइनलमै भारत पराजित भयो त्यसपछि उसका फ्यान निराश छन् ।

यता, न्युजिल्याण्डका समर्थकहरू टिकट नपाएर निराश छन्। खबरहरूमा जनाइएअनुसार इङ्ल्याण्ड र न्युजिल्याण्डको खेल हेर्नका लागि महँगोमा टिकट खरिदबिक्री भएका छन्। भारत फाइनमा पुग्न नसकेपछि भारतीय फ्यानसँग न्युजिल्याण्डका फ्यानले महँगोमा टिकट खरिद गर्न तयार देखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.