|
कमलाको बाढीमा फसेका सर्वसाधरणको उद्धारपछि

जनकपुरधाम ः कमला नदीको बाढी उर्लिएपछि शुक्रबारदेखि थुनिएका इन्जिनियरसहित नौजनाको टोलीलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । उनीहरू सबैलाई सेनाले हेलिकोप्टरबाट उद्धार गरेको हो।

त्यसैगरी कमलाकै बाढीमा फसेका अन्य नौजना सर्वसाधरणलाई जनपथ र सशस्त्र प्रहरीको टोली जोखिम मोलेर डुंगाबाट उद्धार गर्न सफल भएको छ। धनुषाको सघाराबाट ९ जना सर्वसधारणलाई कमला नदीबाट उद्धार गरिएको हो। कमला नगरपालिकाका मेयर उदय बरबरियाको समन्वयमा नेपाल र सशस्त्र प्रहरीले डुंगाबाट उद्धार गरेका हुन्।।

हुलाकी राजमार्गमा निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन यादवसहित ९ जनालाई सेनाको टोलीले हेलिकोप्टरमार्फत् कमला नदीको बाढीको बीचबाट शनिबार साँझ उद्धार गर्न सफल भएको हो।

यो प्राविधिक टोली सिराहा र धनुषाको सीमामा पर्ने बसपिट्टामा कमलाको बाढीले घेरिएर फसेका थिए। शुक्रबार रातभरि र शनिबार दिनभरि उनीहरु कमलाको बाढीमा फसेका थिए। कमला नदीको पुल निर्माणस्थलमा इन्जिनियर जामुन यादव, एक्साभेटर चालक भोला मण्डल, इन्दल पटेल, चौकीदार कमला दास, मुखलाल दास, मजदुरहरु रविन मण्डल, सञ्जीत मण्डल, सन्तोष मुखिया र मनिष शर्मा नदीमा फसेका थिए। 

पुलको अनुगमनमा इञ्जिनियरसहित कमला खोला पुगेका ९ जना प्राविधिकको टोली बाढीका कारण थुनिएका थिए। शुक्रबारदेखि अलपत्र परेका उनीहरुको उद्धारका लागि हेलिकप्टरमार्फत् लिफ्ट गराउने प्रयास मौसमका कारण सफल हुन सकेको थिएन। 

अविरलल वर्षात् र खराब मौसमका कारण हेलिकोप्टर र डुंगाबाट पनि उद्धार गर्न सकिएको थिएन। टोली उभिएको ठाउँमा पानी पुग्न एक फिट मात्र्र बॉकी रहेको अवस्थामा सेनाले उनीहरुलाई बचाएको हो। पुल बनाउन पुगेको टोलीमा इन्जिनियर यादव, दुईजना  चौकीदार, एक्साभेटर चालकसहित थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.