|

पर्सा : चार दिनदेखि लगातार आएको वर्षाका कारण पर्सामा ७२७ जना बिस्थापित भएका छन्। उनीहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। यस्तै, ठोरी–वीरगन्ज सडकखण्ड अवरुद्ध भएको छ।

जिल्लाका सबै नदीको पानी बाहिरी सतहसम्म आउँदा विभिन्न पालिकाअन्तर्गतका गाउँमा डुवानमा परेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। विस्थापित हुनेमा रु वीरगन्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका र पकाहामैनपुर गाउँपालिकाका २४७ पुरुष, २५७ महिला र २२३ जना बालबालिका रहेका छन्। 

असार २५ गते वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरका ६ वर्षीय रोशन साह तुराह र शुक्रबार पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेलको वर्षात्को पानीका कारण मृत्यु भइसकेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.