|

काठमाडौं :  नेपाल र मलेसियाबीचको दोस्रो टि–ट्वेन्टी क्रिकेट जारी छ। मलेसियाको किन्रारा ओभल मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। 

आज ओपनिङमा कप्तान पारस खड्का र पवन शर्राफ आएका छन्। दुई खेलको श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। दुबै टिमले यो श्रृंखलालाई सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीका रुपमा लिएका छन्।

टी–ट्वेन्टी सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ । सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आईसीसी टी–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन्। 

नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ। यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ। शीर्ष स्थानमा रहने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.