|

कञ्चनपुर : दुर्घटनामा परी मलेसियामा दुईजनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहालको मृत्यु भएका हो।

शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्ट र दाहालको मृत्यु भएको हो।

उनीहरू आरएल कावालन प्रोमा सेक्युरिटी गार्ड रहेका थिए।दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको शुक्लाफाँटा नगरपालिका–२ वडाध्यक्ष शिवराज पनेरुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.