|
फाइल तस्बिर

सल्यान : छत्रेश्वरी गाउँपालिका–४ खर्सुवासमा पहिरोले खानेपानीको पाइप बगाएको छ। पाइप बगाउँदा गाउँपालिकाका वडा नम्बर ४ र ५ का दुई हजारभन्दा बढी उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन्। 

खर्सुवासको बाउनिखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका लेखपोखरा, तारुपारे, भित्रिवन, पोखरीलगायतका बासिन्दा प्रभावित भएका छन्। उनीहरु पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीय तिले नेपालीले बताए। वनक्षेत्रबाट पाइपमार्फत ल्याएको पानी पहिरोले झन्डै २०० मिटर पाइप बगाएको उनको भनाइ छ। 

केही दिनदेखिको निरन्तर वर्षाका कारण कपुरकोट झ्याम सडक निर्माणका क्रममा निस्केको माटो बगाउँदा खानेपानीको पाइप बगाएको कृष्ण बिकले बताए। अनाधिकृत रुपमा खनिएका सडक र त्यसबाट हुने क्षतिबारे कसैले चासो नदिएको उनको भनाइ छ।

पहिरोले चुडामणि पुनको घर समेत पुरेको छ। पहिराले घर पुरिएपछि उनी छिमेकीको घरमा बस्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.