|

काठमाडौं : नेपालले मलेसिया विरु४को दोस्रो टि–ट्वेन्टी क्रिकेट श्रींखलामा १ सय ७४ रनको चुनौती पेश गरेको छ।  

मलेसियाको किन्रारा ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो।  नेपालका लागि बिनोद भण्डारीले आक्रामक व्याटिङ गर्दै ५१ रन बनाएर नटआउट रहे। उनले २५ बलको सामना गर्दै ५ छक्का र ३ चौका हाने। त्यस्तै शरद भेषवाकरले ४० रनको योगदान गर्दा कप्तान पारस सड्काले २३ रन बनाए।  रोहितकुमार पौडेलले १९ रन बनाउँदा करण केसी १६ रनमा आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुँदा पवन शर्राफले १० रन बनाए। 

मलेसियाका लागि फित्री शामले ३ विकेट लिए भने स्रविन मुनियान्डि र शइद अजिजले समान १–१ विकेट लिए। १ सय ७४ रनको विजयी लक्ष्यसहित मलेसियाले अहिले जवाफि व्याटिङ गरिरहेको छ।दुई खेलको श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.