|

काठमाडौं : अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको मृत्यु भएको छ।  

नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २४ जना महिला र ३६ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो। 

यस्तै हालसम्म २६ जना बेपत्ता भएका छन्। जसमा १२ महिला र १४ पुरुष छन्। देशभरबाट एक हजार चार सय ४४ जनालाई सकुशल उद्धार गरिएको छ। हालसम्म बाढीमा परेर १७ महिला र २१ पुरुषसहित ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.