|

जनकपुरधाम : रेल सेवा सुरु नहुँदै जयनगर–जनकपुर रेल्बे लिक बाढीले बगाएको छ। लगातारको अविरल वर्षापछि आएको बाढीले जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशननजिकै करिब ७० मिटर रेल्बे लिक बगाएको हो।

नेपाल रेलवे साइट कार्यालयका इन्जिनियर विनोद ओझाले खजुरी स्टेशननजिकै रहेको इनर्वामा करिब ६५-७० मिटर लिक बाढीले भत्काएको बताए। उनका अनुसार महोत्तरीको खुट्टापिपडाढीमा पनि लिक बाढीले भत्काएको छ।

इन्जिनियर ओझाले बाढीले लिक भत्काएको विषयमा भारतीय पक्षलाई जानकारी गराइसकेको जानकारी दिए। पानीको बहाबले तलको माटो बगाएपछि लिक भत्केको उनको भनाइ छ। वर्षाले जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खालसमेत भत्काएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.