|
file Photo

विराटनगर : प्रदेश १ सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ दिने भएको छ।

प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। साथै घाइतेहरूको सरकारी अस्प्तालमा निःशुल्क उपचार गरिने र नीजि अस्पतालमा ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिलला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

विपतमा परेकालाई १ लाखसम्मको आर्थिक सहयोग गर्ने कार्यविधि भएको भए पनि मन्त्रिपरिषद्को बैठकबाट थप एक लाख दिने निर्णय गरिएको उनले जानकारी दिए। साथै उद्धार, राहत, पुनर्स्थापना र बेपत्ताको खोजीको निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ। बाढीपहिरोका कारण प्रदेश एकमा १९ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.