|

डडेल्धुरा : डडेल्धुरामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका १० दुम्सीजालाका ६ वर्षीय अनमोल विक रहेका छन्।

आइतबार दिउँसो साथीसँग स्थानीय पन्तुरा खोलामा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। 

अनमोलसँगै पौडी खेल्न गएका सोही ठाउँका अर्का बालकलाई स्थानीयले देखेपछि उद्धार गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.