|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झण्डै दुई साता लामो अमेरिका भ्रमण सकेर आइतबार विराटनगर फर्केका छन्। 

आइतबार अपरान्ह काठमाडाैं हुँदै विराटनगर आइपुगेका मुख्यमन्त्री राई विमानस्थलबाट सोझै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यस लगतै उनले मन्त्रिपरिषदको बैठकमा सहभागी भए। 

विराटनगर विमानस्थलमा बोल्दै उनले अमेरिका भ्रमणका क्रममा त्यहाँ बसोबास गरिरहेका नेपालीसँगको भेटघाट उपलव्धिपूर्ण रहेको बताए। उनले प्रदेश १ को शिक्षालाई डिजिटल र अनलाइन प्रणालीमा लैजाने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए। 

नेपाल समृद्धितर्फ अघि बढेकोमा अमेरिकामा बस्ने नेपाली हर्सित भएको र नेपालमै फर्केर केही गर्ने चाहाना धेरैले व्यक्त गरेको उनले बताए। ‘मैले नेपाल समृद्धितर्फ अघि बढेकोले नेपाल फर्कन आव्हान गरें’, मुख्यमन्त्री राईले भने ‘आर्जित सीप र क्षमताको उपयोग नेपालमा गर्नुपर्छ भन्ने मेरो आग्रहलाई धेरैले सकारात्मक रुपमा  लिए।’ 

केही समयपछि नै प्रदेश १ बाट विदेशमा गएर विज्ञता हाशिल गरेका विद्धानको सम्मेलन गर्ने तयारीमा आफू जुटेको भन्दै मुख्यमन्त्री राईले विज्ञ सम्मेलनले ब्रेन गेनको अवस्थामा पुग्न सकिने बताए। उनले नेपाललाई राम्रा ब्रेन र नयाँ टेक्नोलोजीको खाँचो रहेको बताए। उनले लगानी सम्मेलनको तयारी भइरहेको जानकारी दिए। साथै उनले प्रदेश लगानी सम्मेलन लगतै वौद्धिक सम्मेलन आयोजना गर्ने पनि जानकारी दिए। 

मुख्यमन्त्री राई अमेरीकाको बाल्टिमोरमा एशोसिएसन अफ नेप्लिज नामक संस्थाको सम्मेलनमा सहभागी हुन असार १६ गते त्यसतर्फ गएका थिए। मुख्यमन्त्री राईले आफू अमेरिका भ्रमणमा रहेकै बेला अविरल वर्षाले प्रदेशमा ठूलो धनजनको नोक्सानी भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक राहत र क्षतिपूर्तिका सम्वन्धमा निर्णय गरेर अघि बढ्ने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.