|
तस्विर : एजेन्सी

भारतले दोश्रो अन्तरिक्ष यानको प्रक्षेपण गर्ने तयारी गरेको छ। चन्द्रयान १ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान २ प्रक्षेपण गर्न लागेको हो।

आन्ध्र प्रदेशको श्रीहरीकोटामा रहेको सतिस धबन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार आइतबार राति साढे २ बजे चन्द्रयान २ प्रक्षेपण गर्ने इसरोले जनाएको छ। यो यान सेम्टेम्बर ६ तारिखमा चन्द्रमाको सतहमा अवतरण गर्नेछ। यो चन्द्रयान अहिलेसम्म कुनै देश नगएको ठाउँमा पुग्ने र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने इसरोलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

चन्द्रयानले चन्द्रमामा सफल अवतरण गरेपछि रोवर्ट छोड्ने वैज्ञानिकहरूले बताएका छन्। अधिकांस मिसन भूमध्यरेखीय क्षेत्रमा गएका छन् जहाँ दक्षिण ध्रुवको तुलनामा समतल भाग छ। दक्षिणी ध्रुव जवालामुखीहरू र खाल्डाखुल्डी भएको जमिनले भरिएको छ। जहाँ अवतरण जोखिमपूर्ण रहेको छ। चन्द्रमाको सतहको नक्सा तयार पार्ने, खनिजको अवस्था पत्ता लगाउने, चन्द्रमाको बाहिरी वातावरणको स्क्यान गर्ने र पानी भए नभएको बारे पत्ता लगाउने चन्द्रयान २ को उद्देश्य रहेको छ।

चन्द्रयानको सफल प्रक्षेपण भए पूर्व सोभियत संघ, अमेरिका र चीनपछि भारत चन्द्रमामा अवतरण गर्ने र सतहमा रहेर चन्द्रमाको कक्ष, सतह र वातावरणमा विभिन्न प्रयोग सञ्चालन गर्ने चौथो राष्ट्र बन्नेछ। चन्द्रयान-१ काे खोजीलाई अगाडि बढाउन इसरोले चन्द्रयान २ पठाउन लागेको हो।

चन्द्रयान-२ मिसनका लागि भारतको सबैभन्दा शक्तिशाली ६ सय ४० टनको रकेट जीएस एलवी एमके थ्री को प्रयोग हुनेछ। यसले ३ हजार ८ सय ९० किलोको चन्द्रयान-२ लिएर जानेछ। स्पेसक्राफ्ट १३ जना भारतीय र नासाको एक वैज्ञानिक उपकरण लिएर जानेछ जसमा ३ उपकरण, ८ आर्बिटर र ३ वटा ल्यान्डरमा दुईवटा रोबर हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.