|

बोस्टन : पेन्सलभेनियाको ह्यारिसवर्गमा २०६औँ भानुजयन्ती कृति विमोचन, कृति चर्चा र रचना वाचन गरी मनाइएको छ। 

कार्यक्रममा दुई वटा सीडी तथा एउटा गद्यसंग्रह विमोचन गरिएको हो। बालकृष्ण न्यौपानेको गीति एल्बम ‘प्रशंसा’ र ‘बिहानीको शितल’  र शेखर कोइरालाको ‘ममता’ गीत कवितासंग्रह विमोचन गरिएको हो। कार्यक्रममा गीता पुडासैनीको कविताकृति ‘सिमानाको सालिक’ को चर्चा गरिएको थियो। 

कृतिहरूमा पत्रकार भक्त घिमिरे, साहित्यकार गण्डकीपुत्र, गोवर्धन पूजा, नारद आचार्य सुदामालगायतले चर्चा गरे। कार्यक्रममा १०१ वर्षकी जेष्ठ नागरिक विष्णुमाया पोख्रेललाई सम्मान गरिएको थियो।

कार्यक्रम नेपालीभाषी भुटानी साहित्यप्रेमीको संस्था त्रिवेणी साहित्य मञ्चले गरेको हो। सन् २०१७ मा स्थापित मञ्चले महिनाको अन्तिम आइतबार सामूहिक रचनावाचन गर्दै आएको छ। पेन्सलभेनियाको ह्यारिसवर्ग आसपासका क्षेत्रमा नेपालीभाषी भुटानीको बाहुल्य छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.