|

अछाम : जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो।

आइतबार बेलुका जङ्गली च्याउ र निँगुरोको तरकारी पकाएर खाएका मनिषाकी आमा नरपता र दाजु छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्य शेरबहादुर बोहराले जानकारी दिए। 

जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.