|

काठमाडौं :  बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्।

बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ यस्तै, ३८ जना घाइते भएका छन्। तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनएको छ।

नेपाल प्रहरीले जारी गरेको फोटो

तर गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने ६४ जना मृतक भएको तथ्यांक रहेको छ।

नेपाल प्रहरीले ललितपुरमा पाँच जनाको मात्र मृत्यु भएको जनाएको छ भने राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको विज्ञप्तीमा भने सात जना रहेको देखाएको छ। नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले आफूहरूले जिल्लासँग समन्वय गरेरै विज्ञप्ति जारी गरिएको बताए। 'हामीले एकिन तथ्यांक निकाल्ने कोशिष गरेका छौं। कहिँकतै त्रुटी भए हामी समन्वय गर्ने छाैं',उनले भने।

प्रहरीले निकालेको तथ्यांकमा उपत्यकामा ३ महिला ५ पुरूषको मृत्यु भएको छ। प्रदेश नम्बर १ मा ७ महिला १३ पुरूषकको ज्यान गइसकेको छ। प्रदेश २ मा २ महिला र १६ पुरूषको ज्यान गएको छ। यस्तै प्रदेश ३ मा ११ महिला ४ पुरूष संख्या रहेका छन्। प्रदेश ५ र ६ मा भने १ महिला र ३ पुरूषको ज्यान गएको छ।

यस्ताे छ गृह मन्त्रालयको तथ्यांक 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.