|

एजेन्सी :  प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । इबोला-पोजेटिभ देखिएका उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ। मन्त्रालयले गोमा शहरमा इबोलाको भाइरस फैलिने जोखिम निकै कम रहेको जनाएको छ। 

विश्व स्वास्थ्य संगठनले हालै एक प्रतिवेदन जारी गरी कंगोमा इबोला फैलिने खतरा निकै बढेको भन्दै चिन्ता व्यक्त गरेको थियो। करिब एक वर्ष यतादेखि निकै फैलिन थालेको इबोलाबाट संक्रमित बिरामीको संख्या दुई हजार नाघेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ।

गत महिना छिमेकी मुलुक उगान्डामा इबोलाको संक्रमण तिब्र भएपछि जाम्बिया र तान्जानिया जस्ता छिमेकी मुलुकहरुले सीमामा बिरामीको जाँचलाई निकै कडा बनाएका थिए ।

सन् २०१४ र २०१६ मा लाइबेरिया, गिनी र सियरालियोनमा व्यापक रुपमा फैलिएको इबोलाबाट करिब ११ हजार ३०० जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.