|

सल्यान : जिल्लाका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन्। मनसुन सक्रियभएसँगै जिल्लाका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका हुन्।

कच्ची सडक, पहिरो, खाल्डाखुल्ल्डीका कारण यातायात सेवा अवरुद्ध भएको कुमाख यातायात प्रालि सल्यानका सचिव मौषमदास श्रेष्ठले बताए। ग्रामीण सडक अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन्। लगातारको वर्षाका कारण दाङ-रुकुम चौरजहारी, सल्लीबजार चौरजहारी, दाङ-दमाचौर, दाङ-वाफुँखोला, श्रीनगर-चिनाली, दाङ -सिलिङ्गे, दाङ-कालागाउँ नेटा, श्रीनगर-कालिमाटी, श्रीनगर-बालुवा, श्रीनगर-जयचौर, दाङ-रोल्पा सुकाओडार, श्रीनगर-सर्खेत लगायतका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएको सल्यान रुकुम यातायात प्रालि सल्यानले जनाएको छ। 

जिल्लामा सडक खन्नेको बाढी नै आएपनि वर्षाको समयमा भने निकै कम सडकमा मात्र गाडी गुड्ने गर्दछ्न्। आवश्यकताअनुसार सडक स्तरोन्नति हुन नसक्दा वर्षा लाग्ने बित्तिकै ग्रामीण क्षेत्रका जनता यातायातको पहुँचबाट विमुख बन्दै आइरहेका छन्। सडक निर्माण तथा स्तरोन्नति गर्न भन्दै करोडौं बजेट विनियोजन हुने गरे पनि सडकको भने कुनै स्तरोन्नति हुन नसकिरहेको यात्रुको भनाई छ।

वर्षौं सडकमा पैसा खन्याउने गरे पनि बालुवामा पानी हाले बराबर हुने गरेको यात्रुको  भनाई रहेको छ। जिल्लामा नयाँ सडक विस्तार गर्नु भन्दा भइरहेका सडकहरूको स्तरोन्नति गरी बाहैं महिना गाडी गुड्ने बाटो निर्माणमा जुटनु पर्ने रामप्रसाद शर्माले बताए। नयाँ सडक खन्नेभन्दा पुरानैको स्तरोन्नति गर्न आवश्यकता रहेको सरोकारवालाको भनाई रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.