|

पर्सा : बाढी र डुवानमा तराईका सुरक्षाकर्मी अल्मलिएको ठानेर भारतबाट अवैध लागुऔषध लिएर आउँदै गरेका एक अभियुक्तसहित दुई सट्टेवाजलाई प्रहरीले पक्राउ गरेको छ। साेमबार अभियुक्तलाई पर्साको नयाँ बसपार्कस्थित भानुचोक र माइस्थान मन्दिर पछाडिबाट पक्राउ गरेको हो। 

तयारी अवस्थाको प्रतिवन्धित लागुऔषध ४५० थान भारतबाट लिएर नेपाल आइसकेको समयमा वीरगन्जको नयाँ बसपार्क अगाडि भानुचौकबाट चितवनको खैरहनी नगरपालिका ७ बस्ने मिश्रिलाल साहलाई पक्राउ गरिएको छ। उनलाई लागु औषध मुद्दामा थप कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए 

अभियुक्त साहले तयारी अवस्थाको फेनार्गन १५० थान, नोर्फिन १५० थान र डाइजेपाम पनि १५० थान नै लिएर आइरहेका रहेछन् उनले भने  त्यसै गरी पर्सा प्रहरीले विश्वकप क्रिकेटमा सट्टावाजी खेलाई रहेका दुई अभियुक्तलाई पनि पक्राउ गरेको छ। 

पक्राउ परेका अभियुक्तहरू वीरगन्ज महानगरपालिका ७ का ३१ वर्षीय आशिषकुमार वर्णवाल र वीरगन्ज १९ बस्ने बर्ष २१ का निरज तिवारी रहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए।

पक्राउ परेका अभियुक्तहरूले विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार साँझ सट्टावाजी खेलाइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.