|

धनगढी : यौन व्यवसायमा संलग्‍न भएको अभियोगमा प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिकाबाट सातजनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित विकास होटल र वडा नम्बर ३ स्थित होटल रोयल प्यालेसबाट ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कञ्चनपुर बेलौरी नगरपालिका-२ बस्ने वर्ष २४ का अक्षय राना, भारत उत्तर प्रदेशका २४ वर्षका मिलिंद त्यागी, सोही ठाउँका वर्ष २२ का बिश्वदीप बच त्यागी, कृष्णानगर भरतपुरका २६ वर्षीय अभिषेक सिंनसिनवार, कैलाली धनगढी ३ का २८ वर्षीय सदानन्द राना, ३६ वर्षीय रानशरण राना र ५० वर्षीय सन्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको बताएको छ । 

होटलमा युवतीसँग भेटिएका युवक, होटल सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार-पसार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

‘कैलाली जिल्ला अदालतबाट म्याद थप गर्दै थप अनुसन्धान भइरहेको छ’ उनले भने, ‘देहव्यापारमा संलग्नमाथि कानुन अनुसार कडा कारबाही हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.