|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले संघीय सांसद राजेन्द्र महतोको सहयोगमा ब्रुमर (स्विपर मेशिन) खरिद गरेको छ। जनकपुरधामलाई धुलो र फोहोर मुक्त बनाउन ब्रुमर खरिद गरेको हो।

जनकपुरधामका प्रमुख लालकिशोर साहका अनुसार १ करोड ३५ लाखमा ब्रुमर खरिद गरिएको जानकारी दिए। उनका अनुसार ब्रुमर खरिद गर्न संघीय सांसद राजेन्द्र महतोले संसदीय विकास कोषबाट १ करोड उपलब्ध गराएको र बाँकी ३५ लाख उपमहानगरपालिकाले तिरेको छ।

ब्रुमरमा सिसि टिभी क्यामेरा समेत जडान गरिएको छ। सिंगल इन्जिन र १३० हर्ष पावरको यो ब्रुमरको ६ मेट्रिक टन फोहोर स्टोर गर्ने क्षमता छ। ‘वेट एण्ड ड्राइ’ रहेको यो ब्रुमर ३/४ किलोग्रामको फोहरमैला समेत तान्ने सक्नेछ। पानी परेपछि जम्मेको माटो, फुटपाथ एक्कै साथ सफा गर्ने प्रमुख साहले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.