|

डोटी : हलियाको तथ्यांक संकलन गर्न छुट भएका मुक्त हलियाको पुःह तथ्यांक संकलनको गर्नु पर्ने डोटीका मुक्त हलियाले माग गरेका छन।  

नेपाल सरकारले मुक्त हलियाको लगतकट्टी गर्न लागेको हुँदा एक पटकका लागि छुट हलियालाई अन्तिम मौका दिनु पर्ने मुक्त हलिया महासंघका कोषाअध्यक्ष लक्ष्मी नेपालीले बताइन। डोटीका प्रमुख जिल्ला जिल्ला अधिकारी टेकनारायण पौड्याललाई ज्ञापनपत्र बुझाउँदै लक्ष्मीले भनिन् ‘ एक पटक मात्र तथ्यांक संकलन भयो धेरै वास्तविक हलिया छुटेका छौँ। हामी यहाँ मात्र आग्रह गर्दछौँ अन्तिम मौका दिइयोस।’

डोटी जिल्लाको मुक्त हलियाको एक टोलीले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ६ बुँदे मागसहित ज्ञापन बुझाएका हुन। 

ज्ञापनपत्रमा छुटेका हलियाहरुको लगत लिनु पर्ने, पहिचान भएका हलियाको उचित पुनर्स्थापना हुनुपर्ने, हलियाका बारेमा अध्ययन गर्नका लागि सरकारी तथा सरोकारवालाको संयुक्त टोली गठन गरी हलिया समस्याको अध्ययन गर्नु पर्ने, स्थानीय तहबाट नै हलियाको पहिचान गरी परिचयपत्र वितरण गर्नु पर्ने, एकीकृत बधुवा श्रम निषेध गर्न बनेको मस्यौदालाई पारित गरि कानुनी निर्माण गर्नु पर्ने माग राखेका छन।

मुक्त हलिया पुनर्थापना कार्य दलका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले हलियाको समस्याका लागि सरकारले पुःह दीर्घकालीन समाधान गर्नका लागि लाग्नु पर्ने बताए। उनले भने, ‘यहाँहरूले बुझाएको ज्ञापनपत्र जस्ताको त्यस्तै सम्बन्धित निकाएमा पठाउँछौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.