|

चितवन : माइक्राे बस पल्टिँदा चितवतमा ७ जना घाइते भएका छन।

काठमाडाैबाट नारायणगढतर्फ गइरहेको ग १ ख ५३५५ नम्बरको हाइस माइक्राे बस भरतपुर महानगरपालिका १ आपटारीमा सोमवार साँझ ६ः ४५ बजे अनियन्त्रित भई पल्टिँदा हाइसमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यात्रु सवैको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए।

घाइतेहरइमध्ये चितवन रत्ननगर नगरपालिका २ का २५ वर्षीय रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेको छ। उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाइएको छ। यस्तै अन्य घाइते हुनेहरूमा भरतपुर महानगरपालिका ७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका ६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत, काठमाडाैं महानगरपालिका ३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय संदिप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना रहेको प्रहरीले जनाएको छ। 

हाइसमा १० जना यात्रु रहेकामा ३ जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ। हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.