|
प्रतीकात्मक तस्विर

काठमाडौं : विदेशस्थित कूटनीतिक नियोग, अवैतनिक दूतावास वा दूतले जारी गर्ने करोडौं  रुपैयाँ दस्तुर हिनामिना भएको छ। चालू आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वाराा जारी करिब दुई लाख प्रवेश भिसा स्टिकरमध्ये आधाभन्दा बढीको राजस्व दाखिला नभएको समाचार कान्तिपुर दैनिकमा छ।

भिसा स्टिकरको हिसाबकिताब पारदर्शी नभएकोबारे महालेखापरीक्षकको कार्यालय, अध्यागमन विभागले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरेको छ।

अध्यागमन नियमावलीअनुसार परराष्ट्र मन्त्रालय वा नियोगमार्फत जारी भएका सबै भिसाको जारी वा रद्द स्थिति वा राजस्वबारे नियमितरूपमा अध्यागमनमा जानकारी पठाउनुपर्छ। तर अहिलेसम्म यस्तो विवरण नआएको अध्यागमनले जनाएको छ। ‘केही नियोगले मात्र राजस्वबारे फाट्टफुट्ट मासिक विवरण पठाउन थालेका छन्।

यूएईको आबुधावीस्थित नियोगले सोमबार मात्रै गत असोजमा जारी भएका विभिन्न वर्गका ८२ थान भिसाको विवरण अध्यागमनलाई बोधार्थ पठाएको छ। बैंककस्थित राजदूत गणेश ढकालले पनि आफूले गत साता मात्रै जेठको पर्यटक भिसा विवरण परराष्ट्रमा पठाएको जानकारी दिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.