|
फाइल तस्बिर

बैतडी : चार महिनाको अवधिमा प्रहरीले १२२ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उक्त हातहतियार संकलन गरिएको हो।

संकलित हतियारमध्ये ११८ थान एकनाले भरुवा बन्दुक चार ४ थान बारबोर रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। उक्त हतियार सबै  इजाजत प्राप्त रहेका पाण्डेयको भनाइ छ। 

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेपछि गत चैत १ गते प्रशासनले ३५ दिने सूचना जारी गरी हतियार बुझाउन आह्वान गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.