|

रुकुम : अल्लोको कपडाको माग बढेपछि रुकुममा यसको व्यवसायले स्थान पाउन थालेको छ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका १ सल्लेमा स्थानीय व्यवसायिक रुपमा अल्लो कपडा उत्पादनतर्फ अग्रसर हुन थालेका छन्। गाउँघरमै अल्लोको व्यापार सोचे भन्दा राम्रो हुने भएकोले स्थानीयले अल्लो कपडा उत्पादनलाई विशेष जोड दिएका छन्। 

आफूहरूलाई अल्लोबाट राम्रो आम्दानी भएको स्थानीय तीर्था पुनले बताइन। यसलाई थप व्यवसायिक बनाउन आफूहरू लागेको उनको भनाई छ। व्यवसायिक अल्लो उत्पादन तथा कपडा बिक्रीबाट झण्डै २ लाखभन्दा बढी बार्षिक आम्दानी हुने व्यवसायीको भनाई छ।

स्थानीय वनजंगल तथा घर आँगनमै पाइने अल्लो खेतीको प्रयोग बढ्न थालेपछि कपडा उत्पादन गर्ने उद्योगहरू संचालनमा आएका छन्। अल्लो कपडाको प्रयोगले जाडोमा न्यानो हनुका साथै चर्म रोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने जन विश्वास रहेको छ। त्यस्तै अल्लो कपडा रेडिमेड भन्दा बलियो र टिकाउ हुने भएकाले देश तथा विदेशमा समेत निर्यात हुँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.