|

काठमाडौः लोकसेवा आयोगको विज्ञापनको विरोधमा सोमबार आदिवासी जनजातिहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन। संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको माग गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित विरोध सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। 

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन विरुद्ध उनीहरुले मंगलबार माइतीघर मण्डलामा विरोधका कार्यक्रम आयोजना गरेका हुन् ।

विरोध प्रर्दशनपछि आयोजित कोण सभामा विभिन्न जातीय संगठनका प्रतिनिधिहरुले भनाइ राखेका थिए। उत्पीडित जनता र तमाम आदिवासी जनजातिहरु विभेदमा परेको आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बताए।

उनले भने, 'शासक वर्गले योग्यतामा गर्ने भनेको छ। शासक वर्ग सदा योग्य रहने व्यवस्था कहाँ छ?' लोकसेवा आयोगले आदिवासीलाई तल्लो दर्जाको नागरिकको रुपमा हेरेको उनले आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.