|
file Photo

काठमाडौं : सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत् सेवा बुधबारबाट सूचारु गराउने प्रतिबद्धता जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् सेवा बुधबारसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिए। उनले कुलेखानी जलविद्युत् आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए।

बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ। मन्त्री पुनले ती सबै समस्या भोलीसम्ममा समाधान हुने गरी काम भइरहेको बताए।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए। नदी नियन्त्रण आपत्तकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनालाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाई छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको हालसम्म ८ किलो मिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.