|

संखुवासभा : संखुवासभा मकालु गाउँपालिका ३ मा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको  छ। मृत्यु हुनेमा मकालु ३ एकुवा की ३४ बर्षीया मिङमा खङडु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। 

विरामी भएर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएर घर फर्किने क्रममा भ्यागुते खोलाले बगाएको हो। भ्यागुते खोलामा पुल नभएको र बाढीको कारण पानीको बहाव उच्च रहेका कारण शेर्पालाई खोलाले बगाएको प्रहरीले जनाएको छ। 

शेर्पा उनका श्रीमानसहित घर फर्कने क्रममा मंगलबार भ्यागुते खोलाले बगाएको थियो। उनको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइने प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.