|

पोखरा : चिनियाँ प्राध्यापकको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग लगानीको वातावरण बनाउन आग्रह गरेका छन्। मंगलबार मुख्यमन्त्री गुरुङको कार्यकक्षमै भएको भेटमा चिनियाँ प्राध्यापकको टोलीले गण्डकी प्रदेशमा चिनियाँ लगानी भित्र्याउनेबारे चासो दिएका हुन्।

चिनको हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकको समूहले मुख्यमन्त्री गुरुङ्गसंगको छलफलमा सहभागि थिए।

छलफलमा मुख्यमन्त्रीले चिनियाँ प्राध्यापकको टोलीलाई भने, ‘व्यापारिक हिसाबले मुस्ताङको कोराला नाका खोलौँ। अनि पर्यटन र खेलकुदको विकास गर्न चिनिया लगानी गरौँ।’

मुख्यमन्त्री गुरुङको आग्रहको जवाफमा चिनियाँ टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि वातावरण अनकूल आवश्यक रहेको बताएका थिए। मुख्यमन्त्रीले गण्डकी प्रदेशभित्र लगानीको वातावरण आफूले बनाउने आश्वासन दिए। 

चिनियाँ टोलीले गण्डकी प्रदेशकै नवलपुरमा आफ्नो लगानीमा सञ्चालन भइरहेको होङ्सी सिमेन्टको भोगेको समस्याको बारेमा जानकारी गराएको थियो।  मुख्यमन्त्री गुरुङले यसबारे आफू अवगत रहेको र अहिलेको समस्या प्रदेश ५ सँग सम्बन्धित रहेको जानकारी गराएका थिए। होङ्गसी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरी गण्डकी प्रदेशको नवरपुरबाट उत्पादन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.