|


इस्लामावाद : पाकिस्तानले भारतसँग तनाव भएको १३ दिनपछि भारतीयसहित अन्य देशका विमानका लागि आफ्नो एयरस्पेस (आकाश) सोमवार राति १२ बजेर ४१ मिनेटदेखि खोलिदिएको छ ।

भारतीय उड्यन विभागले पाकिस्तानी निर्णयको जानकारी लिएको छ । अब भारत र अन्य देशका विमानहरू  पाकिस्तानी  आकाशबाट उड्न कुनै समस्या हुने छैन।  ने

 कश्मीरको पुलवामा ४५ भारतीय अर्धसैनिक बलका सदस्य मारिएपछि भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा  यर स्ट्राइक गरेको थियो। त्यसको भोलीपल्ट नै पाक विमान कश्मिरमा पसेका थिए। त्यसपछि पाकिस्तानले आफ्नो एयर स्पेस बन्द गरिदिएको थियो। 

एयर स्पेस बन्द भएपछि नेपाल, भारतसहित दक्षिण एसियाबाट युरोप र खाडी देश जाने सबै जहाज  गुजरातमाथि अरबसागर पार गर्ददै जानु पर्ने बाध्यता थियो। 

अघिल्लो महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ सम्मेलनमा भाग लिन किर्गिस्तान गएका थिए। त्यो बेला पाकिस्तानले मोदीका लागि ४० घण्टाका लागि आफ्नो एयर स्पेस खोलेको थियो। तर मोदीले पाकिस्तानी एयर स्पेश प्रयोग नगरेको दाबी भारतले गरेको छ। 

भारतलाई ४ अर्ब ९१ करोड घाटा

पाकिस्तान सिभिल एभिएसन अथोरिटीले एयर स्पेसमाथि प्रतिबन्धबाट सबै देशका नागरिक विमानका लागि तत्काल हटाइएको जनाएको छ। पाक एयरस्पेस बन्द भएपछि एयर इन्डियालाई करिब ४ अर्ब ९१ करोड घाटा भएको । 

इन्टरनेशनल सिभिल एभिएशन अर्गेनाइजेशनको तथ्यांक अनुसाार यसले दैनिक करिब २३३ विमानका करिब ७० हजार यात्रु मारमा परेका थिए। यिनलाई गन्तब्यमा पुर्याउन दुई या तीन घण्टासम्म लागिरहेको थियो। एयर इन्डियाका अनुसार एयरस्पेस खोलिँदा अमेरिका जाने जहाजको खर्चमा २० रूपैयाँ प्रतिलिटर कमी हुनेछ। 

एयर स्ट्राइक

१४ फेब्रुअरीमा कश्मीरको पुलवामामा भारतीय सीआरपीएफ जवान बोकेको सवारीसाधनको लस्करमा बम विस्फोट गराएर हमला भएको थियो। यस हमलाको जिम्मेवारी आतंकवादी संगठन जैश-ए-मोहम्मदले लिएको थियो। 

यसको जवाफमा २६ फेब्रुअरीमा भारतीय वायु सेनाले पाकिस्तानको बालाकोट एयर स्ट्राइक गरेको थियो। उक्त एयर स्ट्राइकपछि भारतीय वायु सेनालाई छिर्न नदिन पाकिस्तानले हवाई क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.