|

पिएसजीले प्रि-सिजन टुरमा विजयी सुरुवात गरेको छ। फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनपछि प्रि-सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा डिनामो ड्रेसडेनलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्न सफल भयो।

खेलको छैटौं मिनेटमा नै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। उनले आकर्षक चिपमार्फत टिमलाई पहिलो गोल दिलाए। १८ औं मिनेटमा एम्बाप्पेकै पासमा जर्मन मिडफिल्डर जुलियन ड्राक्सलरले अग्रता दोब्बर पारे। पहिलो हाफ सकिन झन्डै १० मिनेट बाँकी रहँदा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० को अवस्थामा पुर्‍याए।

दोस्रो हाफको २१ मिनेटको अन्तरमा आर्थर जागरे, विरिगिलु पोस्तोलाची र आदिल ओउचिचेले गोल गर्दै पिएसजीलाई ६–० को बलियो अवस्थामा पुर्‍याए। एम्बाप्पेलगायत स्टार खेलाडीलाई पिएसजीले ६० मिनेटभित्र सब्सटिच्युट गरेको थियो। ड्रेसडेनका मुसा कोनेले पेनाल्टीमा सान्त्वना गोल गरे।

यसै खेलबाट स्पेनिस मिडफिल्डर आन्दर हरेराले पिएसजीमा डेब्यु गरे। उनी म्यानचेस्टर युनाइटेडबाट फ्रि ट्रान्सफरमा पिएसजी पुगेका हुन्। सेभिल्ला छाडेर पिएसजी पुगेका पाब्लो सरबियाले पनि डेब्यु गरे। ब्राजिलियन स्टार नेमार भने टिममा सहभागी थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.