|

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक विकाससँगै वातावरणीय लगायत अन्य विकासलाई पनि साथै लैजानुपर्ने बताएका छन । 

भौतिक विकासमात्रै विकास देख्ने मानसिकताले दीर्घकालीन समस्यामा परीने भएकाले वातावरण र अन्य सामाजिक विकासलाई एकसाथ अघि बढाउनुपर्ने बताए । 
उनले फोहोरको सही व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । चितवनको भरतपुरमा सरसफाई तथा हरियाली प्रवर्दन कार्यक्रमको वुधवार शुभारम्भ गर्दै पौडेलले कुनै एक क्षेत्रको मात्र नभई सिंगो प्रदेशको चुनौती रहेको बताएका हुन् । 

फोहोरको मुख्य श्रोत घर भएकाले घरेलु फोहोर घरमै व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । घरघरमै, टोलटोलमै फोहोर व्यवस्थापन हुनसके यो थोरै खर्चमा दिर्घकालीन पनि हुने बताए । उनले भने ‘सरकारले घरघरमा गएर फोहोर उठाउनुपर्छ भन्ने मान्यता भन्दामाथि उठ्ने हो भने हाम्रो गाँउ, सहर थोरै खर्चमा सफा हुनेछ ।’

उनले काठमाडौँ सिसडोलको प्रशंग उल्लेख गर्दै फोहोर व्यवस्थापनमा दीर्घकालीन सोचका साथ सरकारले पनि काम गरीरहेकाले स्थानिय स्तरबाट आम नागरीकले पनि सक्दो योगदान दिनुपर्ने बताए । उनले भौतिक विकाससँगै वातावरणीय सौदर्यलाई पनि जोगाउदै अघि बढ्नुपर्नेमा जोड दिए । 

‘स्थिर सरकार भनेकै विकास हो समृद्धिका लागी सवै एक भएर अघि बढ्नुपर्छ,’ पौडेलले भने । अब गरीने विकास दीर्घकालीन हुनुपर्ने बताउर्दै मुख्यमन्त्री पौडेलले सडक बनाउँदा ढल, अपांगमैत्री, फुटपाथ र विरुवा रोप्ने ठाँउसहितको एकीकृत विकासको मोडेलमा हुनुपर्ने बताए । तीनतहको सरकारले सहकार्यका साथ काम गरिरहेकाले अवको समय प्रचारमुखी नभई परिणाममुखी हुने पौडेलको दावी छ । 

यस्तै कार्यक्रममा सांसद विजय सुवेदीले वातावरणको संरक्षणमा ध्यान नदिए भविष्य अन्धकारमय हुने उल्लेख गरे । तीव्र भौतिकसँगै आथिक विकास हुदै जाँदा वातावरणीय प्रदुषण पनि बढ्ने भएकाले यसको सही व्यवस्थापन अहिलेको पुस्ताको चुनौती भएको बताए । 

यस्तै भतरपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरले भौतिक विकाससँगै वातावरण र सामाजीक विकासलाई पनि सँगै अघि बढाएको बताएकी छन्।  उनले महानगरले कुल बजेटको १० प्रतिशत वातावरण संरक्षणमा छ्ट्याए काम गरिरहेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.