|

हेटौंडा :  नेपालमै पहिलो पटक ‘थाहा  दर्शन’ पढाई हुने भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकाले जनवादी नेता रुपचन्द्र विष्टले प्रतिपादन गरेको ‘थाहा दर्शन’ लाई विद्यालय शिक्षामा समावेश गर्ने भएको हो । थाहा नगरपालिकाको पाँचौ नगरसभाले उक्त निर्णय लिएको हो । 

थाहा नगरपालिकामा जन्मेर नेपालभर जनवादको विषयमा वकालत गर्दै हिँडेका विष्टको ‘थाहा दर्शन’बाटै नगरपालिकाको नाम राखिएको छ । 

विद्यालय शिक्षामा रुपचन्द्र विष्टको दर्शनले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने भएकोले विद्यालयस्तरमै उक्त विषयको अध्ययन स्वीकृत दिइएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए। 

रुपचन्द्र विष्ट थाहा नगरपालिकाको मात्र नभएर नेपालकै जनविश्वास जितेका नेता भएको भन्दै उनको जीवनी र  दर्शनलाई विद्यार्थीमाझ पु¥याउन विद्यालय शिक्षामा समावेश गरिने नगर प्रमुख विष्टले बताए । 

शिक्षाविद् तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रमको टुंगो गर्न छलफल भइरहेको उनले बताएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.