८,९ र १० तहको सूची आज

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  द्रुत रूपमा लगेको कर्मचारी समायोजन प्रकृया केही समयपछाडि धकलिने भएको छ।

लगातारको वर्षातका कारण कर्मचारी समायोजनको कार्यलाई केही समयपछाडि धकेलिएको मन्त्रालयले जनाएको छ।

वर्षातका कारण आउनसक्ने महामारी र विपत्तिलाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनको कामलाई केही समय ढिलो गर्न लागेको मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्यको कर्मचारी समायोजनको लागि प्रमुख जिम्मेवारी पाएका महेन्द्र श्रेष्ठले बताए।

उनले भने ‘वर्षाको कारण धेरै ठाउँमा महामारीको जोखिम बढ्दै जान थालेको छ, यस्तो बेलामा धेरै कर्मचारीलाई यताउता पार्दा  स्वास्थ्य सेवामा अप्ठ्यारो पर्न सक्ने हुँदा अहिले हामीले समायोजनको कार्यलाई ढिला गर्न लागेका हौँ।‘

यस्तै मन्त्रालयले हालसम्म  आठौँ,  नौँ,  दशौँ र एघारौँ तहको समायोजन प्रकृया सकाएको भए पनि २१ हजारभन्दा बढी संख्यामा रहेका अनमी, अहेब,  हेल्थ असिस्टेन्ट र स्टाफ नर्सहरूको समायोजन भने बाँकी रहेको बताएको छ। यी चार समूहको समायोजन दुई महिनाभित्र सक्ने लक्ष्य रहेको प्रवक्ता श्रेष्ठले  बताए। श्रेष्ठका अनुसार हेल्थ असिस्टेन्ट ४५ सय, स्टाफ नर्स २ हजारभन्दा बढी, अहेब ८ हजारमाथि  र अनमी पनि ८ हजारको समायोजन बाँकी छ।

८, ९ र १० औँ तहको सूची आज

यता, प्रवक्ता श्रेष्ठले भने चिकित्सकबाहेकका ८, ९ र १० औं तहका स्वास्थ्यकर्मीको भने समायोजनको सूची बुधबार (आज) सार्वजनिक हुने बताए। श्रेष्ठले भने, ‘हामीले यिनीहरूको पत्र लगभग तयार पारिसकेका छौँ। सम्भवत आज सूची सार्वजनिक हुन्छ।‘

 यस्तै, पुल दरबन्दीमा रहने चिकित्सकहरूको जसमायोजनसमेत केही दिनमा नै सकिने मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.