समाज

आफैँलाई करेन्ट लगाएर पति-पत्नीले गरे आत्महत्या
SHARES

फाइल फोटो
साउन १, २०७६

    जनकपुरधाम : आफैँलाई करेन्ट लगाएर जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा पति-पत्नीले आत्महत्या गरेका छन्।

    अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले घटनाको प्रकृतिले आत्महत्या नै गरेको देखिएको जानकारी दिए।

    उनका अनुसार घरको कोठामा भित्रबाट चुकुल लागेको र पति-पत्नी दुवैको खुट्टामा नांगो तार बेरिएको अवस्थामा दुवै मृत फेला परेका हुन्। घटना हिजो साँझ करिब साढे ६ बजेको हो। अहिले शव पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ।

    घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए। पोष्टमार्टमपछि घटना बारे थप जानकारी बाहिर आउने पनि उनले बताए। महासेठ दम्पत्तिको विवाह गत बैशाख ६ गते सामाजिक परम्पराअनुसार भएको थियो।

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]