|
फाइल फोटो

सप्तरी : जिल्लाको पूर्वी भेगमा पर्ने हनुमाननगर कंकालिनी नागरपालिका १ भारदहस्थित पूर्व-पश्चिम सडकमा अज्ञात सवारी साधनको ठक्करले बुधबार एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी १ भारदह बस्ने मुनिलाल रामका छोरा वर्ष २९ का  शंकर राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ गएको नम्बर नखुलेको सवारी साधनले सडक किनारमा पैदल हिँडिरहेका रामलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको अवस्थामा बुधबार दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ल्याएको र  घटनामा संलग्न सवारी साधनको अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.