|

इलाम : सरकारले मुलुकको कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्ने गरेको भए पनि काम भने सुस्त देखिएको छ। सरकारी नारा लोकप्रिय देखिए पनि अपेक्षाअनुसार प्रतिफल न्यून देखिएको हो।

सरकारले कृषि क्षेत्रको विकासवाटै मुलुकको अर्थतन्त्रको समग्र विकास गर्न सकिने जनाइरहँदा त्यस क्षेत्रको विकासका लागि छुट्याइएको करोडौ बजेट भने हरेक बर्ष खर्च नभई फ्रिज हुने गरेको छ। गत आर्थिक वर्षमा इलाम जिल्लामा कृषिको व्यावसायिक प्रवर्द्धनका लागि छुट्याएको ६२ प्रतिशत रकम फ्रिज भएको छ। प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरिएको ४ करोड १५ लाख २० हजार रकममध्ये २ करोड ५८ लाख २० हजार ६ सय १९ रुपैयाँ खर्च हुन नसकेको हो।

अदुवा मिसन कार्यक्रम, चैते धान विशेष कार्यक्रम, खाद्यान्न बीउ आत्मनिर्भर कार्यक्रम, नमूना कृषि फार्म, सुन्तला जात बगैंचा व्यवस्थापनका नाममा आएको रकम खर्च नभई फिर्ता भएको कृषि ज्ञान केन्द्र इलामका दिनकरमणी आर्चायले बताए।

अलैँची प्रशोधन केन्द्र स्थापना, कफी खेती विस्तार, व्यावसायिक फलफूल बगैंचा स्थापना र कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि विनियोजित रकमसमेत खर्च हुन सकेन्।  कृषि ज्ञान केन्द्रमा बजेट कार्यान्वयन र कार्यक्रम सञ्चालनका लागि प्रदेश मन्त्रालयले समयमै निर्देशिका र कार्यविधि नपठाएका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको आर्चायले जानकारी दिए।

प्रदेश १ मा ११ वटा कृषि ज्ञान केन्द्र रहेका छन्। केन्द्रीय सरकार मातहतमा रहेको जिल्ला कृषि विकास कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्दै समन्वय कार्यालयको रुपमा कृषि ज्ञान केन्द्र बनाइएको थियो। ज्ञान केन्द्रले स्थानीय तह मातहतमा रहेको कृषि शाखासंग समन्वय गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.