|

 इराकका लागि टर्कीका उप–वाणिज्यदूतसहित २ जनाको बुधबार हत्या भएको छ। इराकको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरी स्रोतले भन्यो, 'टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको मृत्यु भएको हो।' उनका अनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए।

स्रोतले दिएको प्रारम्भिक विवरणमा ३ जना मारिएको उल्लेख छ। तर, कुर्दिस आन्तरिक सुरक्षा फौजले भने अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूका अनुसार मारिने दुई जनामध्ये एक जना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन्।

टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ। मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.