|

बोस्टन : क्यानडाको एडमन्टनकी आकांक्षा खरेलले ८० हजार क्यानडियन डलरको छात्रवृत्ति पाएकी छन्। आफ्ना हजुरबुवा फडिन्द्र काफ्लेले ल्याइदिएको 'वाटर टेस्टिङ किट'बाट प्रेरित १७ वर्षे आफूलाई विज्ञान तथा प्रविधि पढ्ने इच्छा जागेको उनले बताएकी छन्।

स्थानीय सिबिसी एड्मन्टनका अनुसार उनी यसै शरद ऋतुमा शुरू हुने कलेजको तयारीमा छिन। उनी युनिभर्सिटी अफ अल्बर्टा जाँदैछिन्। यो छात्रवृत्ति विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित (स्टेम) पढ्ने क्यानडाभरमा ५० जनाले मात्र पाउँछन्।

उनकी आमा नेपालमा विज्ञान शिक्षिका भएको उनले अन्तर्वार्तामा बताएकी छन्। उनी नृत्यमा रूचि राख्थिन्। नेपालमै जन्मेकी आकांक्षा १२ वर्षको हुँदा क्यानडा आएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.