|

विश्वकप क्रिकेट सकिएको ४ दिन भइसकेको छ। च्याम्पियन बनेको इंग्ल्यान्डको विभिन्न पक्षबारे चर्चा भने जारी छ। यस्तोमा च्याम्पियन इंग्ल्यान्डले प्रतियोगिताकै सर्वाधिक रन बनाउँदा सर्वाधिक कन्सीसटेन्ट टिमका रुपमा समेत रह्यो । ११ खेलमा इंग्ल्यान्डले कुल ३१८३ रन बनाउँदा विश्वकपमा बनेको कुल २२ हजार ४१२ रनको १४ प्रतिशत हो। त्यस्तै सेमिफाइनलमा आयोजक इंग्ल्यान्डसँग पराजित अस्ट्रेलिया २९ सय ०१ रनका साथमा दोस्रो स्थानमा रह्यो।

सेमिफाइनलबाटै बाहिरिएको भारत सर्वाधिक रन बनाउने टिमको तेस्रो स्थानमा रह्यो। भारतले ९ खेलमा २५ सय १६ रन बनायो। जुन कुल रनको ११ प्रतिशत हो। सर्वाधिक रन बनाउने शीर्ष चारमा उपविजेता न्युजिल्यान्ड भने अटाउन सकेन। चौथो स्थानमा बंगलादेश २२ सय ७८ रनका साथमा रहँदा न्युजिल्यान्ड २१ सय ५४ रनका साथमा पाँचौँ स्थानमा पर्न सफल भयो। त्यसपछि पाकिस्तान, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अफगानिस्तान र श्रीलंका क्रमशः रहे।

इंग्ल्यान्डले प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्नेमा समेत शिर्ष स्थानमा रह्यो। उसले कुल ७६ छक्का प्रहार गर्दा दास्रो स्थानमा रहेको वेस्टइन्डिजले ५९ छक्का प्रहार गर्‍र्यो‍। त्यस्तै, अस्ट्रेलियाले ४४ तथा भारतले ३६ छक्का प्रहार गर्दा पाकिस्तानले २८ छक्का हिर्कायो। चौका लगाउनेमा पनि इंग्ल्यान्ड नै अघि देखियो। इंग्ल्यान्डले सर्वाधिक २ सय ८३ चौका प्रहार गर्दा अस्ट्रेलियाले २ सय ७१ र भारतले २ सय ३२ चौका प्रहार गरे। त्यस्तै, बंगलादेशले २ सय १० चौका प्रहार गर्‍र्यो‍। प्रतियोगितामा सर्वाधिक कम छक्का र चौका श्रीलंकाको नाममा रह्यो। उसले १६ छक्का प्रहार गर्दा १ सय ३३ चौका प्रहार गरेको थियो।

इंग्ल्यान्डका कप्तान इयान मोर्गन सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बन्दा भारतका रोहित शर्मा र इंग्ल्यान्डका जोनी बेरिस्टो सर्वाधिक चौका प्रहार गर्ने खेलाडीका रूपमा रहे। उनीहरूले समान ६७ चौका प्रहार गरे। मोर्गनले २२ छक्का प्रहार गरेका थिए। रोहितले १४ छक्का हिर्काए। त्यस्तै, अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले ६६ चौका प्रहार गरेका थिए। बंगलादेशका सकिब अल हसनले ६० चौका प्रहार गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.