|

डोल्पा : डोल्पाको एक विद्यालयमा नेपाली सेनाले नमुना धारा निर्माण गरेको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षाकालागि सुलिगाडमा बसेको इश्वरीबक्स गुल्मले सरस्वती मावि दुनैमा जिल्लामै नमुना धारा निर्माण गरेको हो। 

धारा एउटै भएपनि ३ वटा टुटी राखेर सबैमा पानी आउनेगरि निर्माण गरिएको सेनाले जनाएको छ।  सेनाको तत्काल प्रभावपर्ने कार्यक्रम अन्तर्गत धारा निर्माण गरिएको हो। विद्यालयले खानेपानीको समस्या देखाँउदै सहयोगकालागि आग्रह गरेपछि धारा निर्माण गरेर बिद्यालयलाइ बुझाइएको गुल्मका सेनानी रमेश पाण्डेले जानकारी दिए।

धारासँगै २५ सय लिटरको रिजर्भ ट्याङ्की पनि सेनाले निर्माण गरेको छ। सेनाले बनाएको धारा बलियो र चिटिक्क देखिएको बताउँदै स–साना बालबालिकाले समेत प्रयोगगर्नसक्ने बालमैत्री धारा निर्माण गरिएको प्रधाध्यापक सत्यनाराण सिंहले बताए। 

‘डोल्पामा अहिलेसम्म यस्तो धारा देखेको छैन्,सेनाले जिल्लामै नमुना धारा निर्माण गरेको छ’ सिंहले भने। निशुल्क रुपमा धारा निर्माण गरेर सेनाले विद्यालयलाई ठुलो सहयोग गरेको उनले बताए। धारानिर्माण पछि विद्यालयका पाँचसय विद्यार्थीले सफा पिउने पानी प्रयोग गर्न पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.