|

उदयपुरः सगरमाथा लोकमार्गमा पर्ने गाईघाट खण्डमा रहेको त्रियुगा नदीको बाढीको कारण जोखिपुर्ण बनेको छ। बाढीले  त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कएपछि जोखिपूर्ण बनेको हो।

बाढीको कारण पिलर र पर्खाल भत्केपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक प्रहरी प्रमुख दिनेश चौधरीले बताए।  ‘पुलको पूर्वपट्टिको छेउको पिलरसँगै झण्डै १० मिटर लम्बाइको पर्खाल भत्केको छ,’ उनले भने, ‘पुलमा एकतर्फ मात्र सवारीसाधन सञ्चालन गरिएको छ।’

दुई लेनको पुलमा एक लेन बनद गरिएको उनले बताए। सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट सडकखण्ड अन्तर्गतको मुख्य पुल हो। पुलको पूर्वी भाग भत्कन थालेपछि ठूला सवारीसाधनका कारण पुल तत्काल भत्कन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वी क्षेत्रको रुट बन्द गरिएको छ।

त्रियुगा पुल उच्च जोखिममा पर्न थालेपछि तत्काल पुलको भत्किएको भाग पुनःमर्मत वा निर्माण सुरु गर्ने त्रियुगा नगरपालिकाले जानकारी दिएको छ। नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार पुललाई भत्कन नदिने र तत्काल पुलको पुनःमर्मत कार्य सुरु गर्ने बताए।

यसका लागि नगपालिकाले तत्कालै दुई जेसिभी प्रयोग गरेर पुलमुनिको माझ भागबाट पानीको सतह खोल्ने, पुलको छेउको पिलर र भत्किएका पर्खाल निर्माण गर्ने र खाल्डा पुर्ने काम सुरु हुने भएको छ।

सोही पुल भएर सदरमुकाम गाईघाटबाट राजधानी काठमाडौँ, विराटनगर, धरान, सप्तरी, सिरहालगायत देशका विभिन्न भागसम्म यातायातका साधन सञ्चालन हुँदै आएका छन। समयमै पुलको संरक्षण हुन नसके सदरमुकाम गाईघाट हुँदै अन्यत्रबाट आवतजावत गर्ने सम्पूर्ण यातायात सञ्चालन नै ठप्प हुने अवस्था रोक्न सरोकारवालाहरु लागी परेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.