|

धनगढी : कैलाली भन्सार कार्यालयको राजश्व संकलन कमजोर देखिएको छ। गत आर्थिक बर्षमा भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजश्व संकलनमा लक्ष्य भेटाउन सकेको छैन। आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा झण्डै ८ प्रतिशत बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य पूरा गर्न नसकेको हो। 

भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २२ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतले लक्ष्य पूरा गर्न २ करोड ४१ लाख रुपैया राजश्व सकलन गर्न नसकेको बताए। 

कार्यालयले आर्थिक वर्ष ०७४/०७५ मा ३ अर्ब ८७ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा ४ अर्ब २१ करोड राजश्व संकलन भएको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतले २ वटा छोटी भन्सार अलग भएकाले आफूहरूले लक्ष्य अनुसारको राजश्व सकलन गर्न नसकिएको बताए। 

कैलाली भन्सार कार्यालयबाट सबै भन्दा पेट्रोलियम पदार्थ आयात भइरहेको त्यसपछि बिस्कुट, दालमोट लगाएतका खाद्यान्न आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले २०७५/०७६ को आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातमा कुल राजस्व संकलनको ४७ प्रतिशत उठेको जानकारी दिए। उनले २०७६/०७७ को आर्थिक वर्ष का लागि ६ अर्व ७० करोड लक्ष्य रहेको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.