|

पर्सा : भारी परिणामको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले पर्साबाट ४ जनालाई पक्राउ गरेको छ। जिल्लाको बगहीबाट पर्सा प्रहरीले १२० केजी गाँजासहित ४ युवालाई पक्राउ गरेको हो।

पक्राउ परेका युवा सर्लाहीको लालबन्दी नगरपालिका १७ बस्ने २१ वर्षीय रमेश लामिछाने र २० वर्षीय डम्बरमणि घिमिरे रहेको छन्। त्यसैगरी पर्साको पटेर्वासुगौली गाउँपालिका ४ बस्ने ४२ वर्षीय प्रेम दास र सखुवा प्रसौनी गाउँपालिका ६ को ३५ बर्षीय राजेश खवास रहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

'सर्लाहीका २ र पर्साका २ अभियुक्तले भारतीय नम्बर प्लेट बीआर ०१ डीबी ०००३ नम्बरको कारको डिकीमा गाँजा राखी भारततर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो' उनले भने। घटनास्थल मुलुकको नयाँ संरचनाअनुसार हाल वीरगन्ज महानगरपालिकाको २८ नम्बर वडाका रुपमा कायम भएको छ। सहयोगीको रुपमा रहेका ना २४ प ८७६४ नम्बरको मोटरसाइकलमा सवार एक कारोवारीलाई पनि पक्राउ गरिएको उपरीक्षक राठौरले बताए।

पक्राउ परेका अभियुक्तमध्ये रमेश कारका चालक र प्रेम दास मोटरसाइकल चालक हुन्। एउटै समूहमा अवैध कारोवारमा सम्लग्न चारैजनालाई लागुऔषध मुद्दामा अनुसन्धान गरी कार्वाही प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.