|
फाइल फाेटाे

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी साता मात्रै सार्वजनिक गर्ने भएको छ।

आर्थिक वर्ष सुरु हुनुभन्दा पहिले नै मौद्रिक नीति सार्वजनिक गरिनु पर्ने भए पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको नीति भने आर्थिक वर्ष सुरु भएको एकसाता पछि सार्वजनिक गर्न थालेको हो। 

यसअघि असार अन्तिम सात सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति अर्थ सचिव देश बाहिर रहेको र छलफल नसकिएको भन्दै साउन पहिलो सातासम्मलाई पर सारिएको थियो। तर पहिलो साता पनि सार्वजनिक गर्न सकेपछि दोस्रो साता अर्थात साउन ६ वा ७ गते ल्याउने तयारी गरिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्। 

मौद्रिक नीति अगावै मर्जरको प्रतिवद्धता मागेको राष्ट्र बैंकले मौद्रिक नीतिमा प्रोत्साहन तथा सहुलियत प्याकेज घोषणा गर्ने जनाएको छ। गभर्नर डा.चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हो। २०७१ साल चैतबाट राष्ट्र बैंकमा गभर्नरको जिम्मेवारी लिएका उनको २०७६ चैतमा कार्यकाल सकिँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.