|

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने  प्रतिवद्धता जनाएको छ। सर तथा सुलभ कर्जा उपलब्ध  गराउन बैंक र  तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

बैंकका सहायक महाप्रबन्धक रेग्मीले संघ/संस्थामा आवद्ध व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीहरुलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलफूल तथा तरकारी बजारको थप विकास एवं विस्तारमा टेवा पुग्ने धारणा राखे ।

यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूले थोक बजार व्यवसायीक संस्थामा आबद्घ करिब ७०० फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.