|

एक दिवसीय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले टेस्ट खेलका लागि टिममा ब्यापक परिर्वतन गरेको छ। आयरल्यान्डसँग हुने एक मात्र टेस्टका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो। घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गनसहित १० खेलाडी परिवर्तन गरिएको छ।

विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुटको कप्तानीमा घोषणा गरिएको टिममा ज्यासन रोय, जोनी बेरिस्टो, मोइन अली र क्रिस वोक्सबाहेक अन्य सबै खेलाडीलाई आराम दिइएको छ। आक्रमक ब्याट्सम्यान रोयले टेस्टमा आयरल्यान्डविरुद्ध डेब्यु गरे। इंग्ल्यान्ड र आयरल्यान्डसँगको एक मात्रै टेष्ट आगमी बुधबारदेखि लर्डसमा खेल्नेछ। घरेलु टोली इंग्ल्यान्डले गत आइतबार फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो।

इंग्ल्यान्डलाई विश्वकप जिताउन जो रुट,जोसन रोयल, जोनी बेरिस्टो र क्रिस वोक्सको प्रदर्शन महत्त्वपूर्ण रह्यो। विश्वकप जिताउन महत्त्वपूर्ण योगदान दिएका तीब्र गतिका बलर जोफ्रा आर्चरलाई पनि इंग्ल्यान्डले आराम दिएको छ। इंग्ल्यान्डले एसेसमा अस्ट्रेलियाविरुद्धको खेलका तयारीका रुपमा समेत यो खेललाई हेरेको छ। 

इंग्ल्यान्डको टेस्ट टिम– जो रुट (कप्तान), मोइन अली, जेमी एन्डरसन, जोनी बेरिस्टो, स्टुअर्ट ब्रोर्ड, रोरी बर्न्स, साम करन, जो डेनली, लुईस ग्रेगरी, ज्याक लेच, जोसन रोय, ओल्ली स्टोन र क्रिस वोक्स रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.